२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • सरकारले कार्यदल बनाएर कार्यान्वयन गर्ने भनेको...

सरकारले कार्यदल बनाएर कार्यान्वयन गर्ने भनेको अर्थतन्त्रबारे तीन आयोगका मुख्य सुझाव

सरकारले कार्यदल बनाएर कार्यान्वयन गर्ने भनेको अर्थतन्त्रबारे तीन आयोगका मुख्य सुझाव

सहर्ष न्युज
शनिवार, फाल्गुण १० २०८१
सहर्ष न्युज
शनिवार, फाल्गुण १० २०८१
  • काठमाडौं । सङ्घीय, प्रादेशिक र स्थानीय तीनवटै तहका सरकारका अनुत्पादक खर्चलाई नियन्त्रण गरी बजेटलाई परिणाममुखी चुस्तदुरुस्त बनाउँदा त्यसबाट देशको करिब ३ खर्ब रुपैयाँ जोगिने भन्दै सार्वजनिक खर्च पुनरवलोकन आयोगले २०७५ सालमै सरकारलाई प्रतिवेदन बुझाए पनि उक्त प्रतिवेदन अझै कार्यान्वयन हुन सकेको छैन।

    उक्त प्रतिवेदनलगायत अर्थतन्त्रसँग सम्बन्धित अर्का दुई आयोगका सुझाव कार्यान्वयन गर्न भन्दै सरकारले बल्ल एउटा कार्यदल गठन गरेको छ।

    अर्थशास्त्री डिल्लीराज खनालको अध्यक्षतामा बनेको उक्त आयोगले बजेट प्रणालीमा सुधार नगरे ढिलोचाँडो आर्थिक सङ्कट निम्तिने उतिबेलै उल्लेख गरेको थियो।

    आयोगले अनुमान गरेअनुसार खर्च धान्न नसक्ने अप्ठ्यारो स्थितिमा सरकार परेको भन्दै ढिला भइसके पनि अहिले सरकारले कार्यान्वयन गर्न कार्यदल गठन गर्नुलाई आफूले सकारात्मक रूपमा हेरेको खनालले बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend