२०८३ श्रावण १२ गते मंगलवार

images
  • समाज
  • कुम्भ मेलाबाट फर्कने क्रममा गाडी दुर्घटना...

कुम्भ मेलाबाट फर्कने क्रममा गाडी दुर्घटना : ४ जनाको मृत्यु, ६ घाइते

कुम्भ मेलाबाट फर्कने क्रममा गाडी दुर्घटना : ४ जनाको मृत्यु, ६ घाइते

सहर्ष न्युज
शनिवार, फाल्गुण १० २०८१
सहर्ष न्युज
शनिवार, फाल्गुण १० २०८१
  • काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका सप्तरीका चार जनाको सवारी दुर्घटना मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।

    उत्तर प्रदेशका गोरखपुर लिङ्क रोडमा गए राति भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका– ७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लिलावती चौधरी, वडा नम्बर– ५ की ५५ वर्षीया हरिहर वती यादव र उनकी भाउजू सुनसरीको कुशहा गाउँपालिका– १ की समतोलियादेवी यादवको मृत्यु भएको कञ्चनरुप नगरपालिका– ७ का वडाध्यक्ष समानन्द चौधरीले बताए।

    सोही गाडीमा सवार लिलावतीका श्रीमान् कञ्चनरुप नगरपालिका-१ स्थित लक्ष्मीनारायण माधयमिक विद्यालय वैरवाका शिक्षक उपेन्द्र नारायण चौधरी, वडा नम्बर-७ कै लालुदेबी यादव, वडा नम्बर-५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाई र चालकसहित ६ जना घाइते भएका छन्। उनीहरुको गोरखपुर अस्पतालमा उपचार भइरहेको छ।

    तीन जना मृतकका छोरा शव लिन तीन वटा एम्बुलेन्स लिएर गोरखपुरतर्फ आज प्रस्थान गरेका वडा अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend