२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • भारतको केआईआईटी कलेजमा नेपाली छात्रा मृतअवस्थामा...

भारतको केआईआईटी कलेजमा नेपाली छात्रा मृतअवस्थामा फेला

भारतको केआईआईटी कलेजमा नेपाली छात्रा मृतअवस्थामा फेला

सहर्ष न्युज
सोमवार, फाल्गुण ५ २०८१
सहर्ष न्युज
सोमवार, फाल्गुण ५ २०८१
  • ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी हुन् ।

     

    लम्साल कलेजमै अध्ययनरत एक विद्यार्थीसँग प्रेमसम्बन्धमा रहेको र त्यही सम्बन्धित केही कारणले आत्महत्या गरेको भन्दै कलेजले विज्ञप्ती निकालेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

    केही महिना अगाडी लम्साल आफ्ना प्रेमीको दुर्व्यवहारमा परेको भन्दै सहयोग माग्न अन्तराष्ट्रिय सम्बन्ध अफिसर सम्म पुगेको खबर भारतीय सञ्चारमाध्यामले सार्वजनिक गरेका छन् ।

    ओडिसाको पत्रिका संवादको अंग्रेजी संस्करणले भने उनी आफ्नो पुरुष साथीबाट दुर्व्यवहारमा परेको उल्लेख गर्दै मृत्युको यकिन कारण खुलिनसकेको उल्लेख गरेको छ ।

    मृतक लम्सालबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेका नेपालीहरुलाई उल्टै बल प्रयोग गरेर कलेजबाट निकालिएको समेत सञ्चारमाध्यामहरुले जनाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend