२०८३ भाद्र २९ गते सोमवार

images
  • समाज
  • प्रधानमन्त्रीले बुझे उपप्रधानमन्त्रीको स्वास्थ्य अवस्था, सिलिण्डर...

प्रधानमन्त्रीले बुझे उपप्रधानमन्त्रीको स्वास्थ्य अवस्था, सिलिण्डर विष्फोटको घाइते पनि भेटे

प्रधानमन्त्रीले बुझे उपप्रधानमन्त्रीको स्वास्थ्य अवस्था, सिलिण्डर विष्फोटको घाइते पनि भेटे

सहर्ष न्युज
आइतवार, फाल्गुण ४ २०८१
सहर्ष न्युज
आइतवार, फाल्गुण ४ २०८१
  •  

    प्रधानमन्त्री ओलीसँगै उहाँहरुको स्वास्थ्य अवस्था बुझ्न  प्रथम महिला राधिका शाक्यसमेत कीर्तिपुर अस्पताल पुग्नुभएको थियो। 

    प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले भन्नुभयो, ‘‘प्रधानमन्त्री केपी शर्मा ओली र र प्रथम महिला राधिका शाक्यले कीर्तिपुर अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।’’ 

    अहिलेलाई घाउको अवस्था सामान्य भए पनि सङ्क्रमको जोखिम रहेको भन्दै अस्पतालले विज्ञप्तिमार्फत भेटघाट बन्द गरिएको जानकारी गराएको हो। 

    शनिबार पोखरा पर्यटन महोत्सवको उद्घाटनको अवसरमा उडाउने क्रममा बेलुन पड्किँदा उहाँहरु दुवैजना घाइते हुनुभएको हो। उहाँहरुलाई पोखराबाट शनिबार नै उपचारका लागि कीर्तिपुर अस्पताल ल्याइएको हो। 

    यसैगरी, प्रधानमन्त्री ओलीले केही दिनअघि कमलपोखरीस्थित शानदार मःमः सेन्टरमा ग्यास सिलिण्डर विस्फोटमा घाइते भएर उपचाररतको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिनुभएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend