काठमाडौं । काठमाडौं दरबारमार्गको सडकपेटीमा विछ्याउन थालिएको ग्रेनाइटको विषयलाई लिएर काठमाडौं महानगरपालिका र त्यसका मेयर बालेन्द्र साह (बालेन) को व्यापक आलोचना हुन थालको छ । काठमाडौंलाई मौलिक शहर बनाउने आफ्नै घोषणालाई लत्याउँदै मेयर बालेनले अहिले विदेशीपन झल्को दिने गरी विदेशी ग्रेनाइट ओछ्याउन थालेपछि उनको व्यापक आलोचना हुन थालेको हो ।
काठमाडौंकै महंगो व्यापारिक हबका रुपमा परिचित दरबारमार्ग ‘विदेशी रुप’ दिन खोजेर ‘कुरुप’ बनाउन थालिएको भन्दै आलोचना हुन थालेको हो । महंगा क्लब र विभिन्न ब्रान्डेड कम्पनीहरुको लागि परिचित दरबारमार्ग क्षेत्र आफैंमा प्राचिन र ऐतिहासिक मौलिक बजार पनि हो । त्यस आसपासमै ऐतिहासिक महत्वको नारायणहिटी संग्राहलयका साथै थुप्रै ऐतिहासिक धारा, पाटी, पौवा र मठ मन्दिरहरु रहेको छन् ।
महानगरवासीले उक्त क्षेत्र मौलिक र विशुद्ध नेपालीपन झल्कने शहरका रुपमा हेर्न चाहान्थे । तर महानगरपालिकाले मौलिक नभई विदेशीपन झल्कने डिजाइन र निर्माण सामाग्री प्रयोग गरी त्यहाँको फूटपाथ बनाइरहेका छन् । त्यही पुनर्निमाण भइरहेको फुटपाथको विषयलाई लिएर बालेनको व्यापक आलोचना हुन थालेको हो । दरबारमार्गमा कलात्मक र स्थानीय ढुंगा प्रयोग गरिने धेरैको आशा थियो । तर भन्ने गरिएको ‘मौलिक शहर’ मेयर बालेन शाहको प्राथमिकतामा परेन् । विदेशी ग्रेनाइटको विषयलाई लिएर अहिले प्रश्न उठाउन थालिएको छ । मौलिकपनको ठाँट झिक्ने बालेन कस्ता, विदेशी जस्ता ? स्थानीय र राष्ट्रियताको ‘ठाँट’ देखाउन खोज्ने बालेनको असलियत विदेशीपन नै रहेको आरोप स्थानीय रमेश शाक्यले लगाए ।
‘विदेशी ¥याप गीतबाट प्रभावित उनको शैली विदेशी नै छ हामी भ्रममा छौं’ उनले भने– ‘गतिविधि पनि विदेशी कै जस्तै छ, विस्तारै थाहा पाउनुहुन्छ ।’
स्थानीय व्यापारीले समेत उक्त पुनर्निर्माणको विषयलाई लिएर बालेनसँग असन्तुष्ट व्यक्त गरेका छन् ।
मौलिक र सांस्कृतिक सहरको ‘ठाँट’ देखाउन खोज्ने बालेनको असलियत विदेशीपन नै छ । विदेशी ¥याप गीत मन पराउने उनको शैली विदेशी नै छ । गतिविधि पनि विदेशी कै देखाउन थालेका छन् । काठमाडौंलाई मौलिक शहर बनाउने घोषणा गरेका उनले अहिले दरबारमार्गको सडक पेटीमा विदेशी ग्रेनाइट राखेर आफैंमा मौलिक शहरलाई विदेशी शहरको आभाष दिन खोजिरहेका छन् । पुरानो र व्यापारिक हब दरबारमार्गको सडकपेटीमा मौलिक र साँस्कृतिक झल्को दिने गरी कलात्मक र स्थानीय ढुंगा प्रयोग गर्ने धेरैको आशा थियो । तर त्यसो नगरेपछि उनको सबत्र आलोचना भइरहेको छ ।
विगत केही दिनदेखि मानिसहरु हिँड्ने बाटोमा मंहगो र चिप्लो ग्रेनाइट बिछ्याइदैछ । त्यसले दरबारमार्गको सुन्दरता बढाउने भन्दै प्रशंसा गर्ने भन्दा पनि अहिले आलोचना गर्ने बढी देखिएका छन् ।
महानगरको सार्वजनिक निर्माण विभागका अनुसार दरबारमार्गमा पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ ।
सडकमा ग्रेनाइट राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको थियो । त्यसभन्दा माथि ब्रिक सोलिङ र पिसीसी ढलान गरिएको छ । सबैभन्दा माथि ग्रेनाइट विछ्याइदैछ । उक्त विभागका अनुसार ग्रेनाइट १६ एमएमसम्म मोटो छ ।
सडकमा ग्रेनाइट विछ्याउने काम ठेक्का पाएको ९ महिनापछि मात्रै काम सुरु भएको थियो । २०८० चैत ६ गते ग्रेनाइट राख्नको लागि सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रालिले ५ करोड १५ लाख रुपैयाँ ठेक्का पाएको थियो ।
बालेनको विदेशीपन झुकाबका कारण ग्रेनाइनमा लगानी गरिएको यति ठूलो रकम विदेशिने भएको छ । त्यो ठाउँमा स्वदेशी ढुंङ्गा प्रयोग भएको भए त्यति ठूलो रकम विदेशिने पनि थिएन भने सडकपेटी पनि नेपालीपन झल्कने आलोचकहरुको तर्क छ ।
यो विषयमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रदेखि अभियन्ता उज्ववलविक्रम थापालगायत थुप्रैले आलोचना गरेका छन् ।
‘पैदलयात्रुको सुरक्षाको विषय उठान गर्दै यो सडकपेटीबाट चिप्लिएर लडी दुर्घटना भए कसैले आश्चर्य नमाने हुन्छ ।’ मंगलबजार पाटनबाट दरबारमार्ग पुगेका सुरेश ताम्राकारले भने– ‘यो क्षेत्रमा नाइट क्लब बढी भएकाले पनि मदिरमा मातेर हिड्ने धेरै हुन्छन् । तर उनीहरुलाई यसले खतरा पैदा ग¥यो ।’
चिप्लो ग्रेनाइट यहाँ उपयुक्त नहुने नै उनको निष्कर्ष छ ।
खासगरि वर्षातको बेलामा पैदलयात्रुलाई असुविधा हुने र दुर्घटनाहरू निम्तिन सक्ने चिन्ता धेरैले व्यक्त गरिरहेका छन् । भारतबाट आयात हुने फूल प्रतिवन्ध लगाएका मेयरले अहिले महंगो मूल्यको ग्रेनाइट आयात गरेको देखि बालेनको ¥यापसमेतलाई ठाँट स्वदेशी गतिविधि विदेशी भनेर समेत आलोचना हुन थालेको छ ।
मेयर साहले काठमाडौंलाई मौलिक र सांस्कृतिक सहर बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । तर, उनैले दरबारमार्गको सडकपेटीमा किन विदेशबाट आयातित ग्रेनाइट राख्न खोजेका हुन् त ? यतिवेला धेरैले यसको जवाफ खोजिरहेका छन् ।
ग्रेनाइटको साटो नेपालमै उत्पादित, हेर्दा पनि राम्रो र बढी टिकाउ हुने थुप्रै उत्पादन हुँदाहुँदै पनि विदेशी ग्रेनाइट ओछ्याएकोमा सम्पदा अभियान्ताहरुले समेत प्रश्न उठाएका छन् । नेपाली ढुंगा विछ्याइएको भए पैसा पनि स्वदेशमा नै रहने र चिप्लो पनि नहुने उनीहरुको तर्क छ । काठमाडौं सुख्खा बन्दै गइरहेकाले ग्राउन्ड वाटर रिचार्ज रिचार्ज गर्नकै लागि भएपनि ग्रेनाइटको साटो ढुंगा लगाउनुपर्ने उनीहरुको सुझाव छ ।
सतहको पानी जमिनभित्र छिर्न नपाएपछि जल निकासीको पनि उत्तिकै समस्या हुन्छ । यसले जमल एरिया डुवानमा पर्न सक्ने तर्कपनि तेर्स्याइएको छ ।
काठमाडौंको सडकका पर्खालमा रंगिचंगी बनाइएको विषयमा समेत महानगरवासीले बालेनको आलोचना गरिरहेका छन् ।
