२०८३ भाद्र २८ गते आइतवार

images
  • बैंक वित्त
  • फागुनका लागि बैंकको ब्याजदर स्थिर, ग्लोबल...

फागुनका लागि बैंकको ब्याजदर स्थिर, ग्लोबल आइएमई थोरै बढायो

फागुनका लागि बैंकको ब्याजदर स्थिर, ग्लोबल आइएमई थोरै बढायो

सहर्ष न्युज
बुधवार, माघ ३० २०८१
सहर्ष न्युज
बुधवार, माघ ३० २०८१
  • काठमाण्डौ : २० वटा वाणिज्य बैंकमध्ये एउटाबाहेक अरु सबैले फागुन महिनाका लागि मुद्दतीको ब्याजदर यथावत् राखेका छन् । माघ महिनाको तुलनामा भोलि फागुन १ गतेदेखि लागू हुने गरी सबैजसो बैंकले ब्याजदर यथावत् राखेका हुन् ।

    ब्याजदर यथावत् राख्नेहरुमा नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, माछापुच्छ्रे, हिमालयन, एसबीआई, एभरेष्ट, एनआईसी एशिया, स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, कुमारी, सिद्धार्थ, सानिमा, एनएमबी, प्रभू, सिटिजन, प्राइम कमर्सियल, कृषि विकास, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । तर ग्लोबल आइएमई बैंकले ब्याजदर बढाएको छ । ग्लोबल आइएमईले ब्याजदर ५ दशमलव ७५ प्रतिशतबाट ६ प्रतिशत पुर्‍याएको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend