२०८३ भाद्र २७ गते शनिवार

images

कावासोती १ का वडाध्यक्ष वाराक अहमद मिँयाको हृदयघातबाट निधन

कावासोती १ का वडाध्यक्ष वाराक अहमद मिँयाको हृदयघातबाट निधन

सहर्ष न्युज
आइतवार, माघ २० २०८१
सहर्ष न्युज
आइतवार, माघ २० २०८१
  • नवलपुर । नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तावाराक अहमद मिँयाको निधन भएको छ। उहाँ नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो। 

     शनिबारदखि सुरू भएको एमालको भातृ संगठन राष्ट्रिय युवा संघ नवलपुरको १० औं जिल्ला अधिवेशनमा स्वागत मन्तव्य राखिसकेपछि उहाँलाई हृदयघात हुँदा बेहोस हुनुभएको थियो। 

    ईलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार २ः३० तिर बेहोस हुनुभएका उहाँलाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा लगिएकोमा १४ः४४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। 

    अध्यक्ष मिया राष्ट्रिय युवा संघ नवलपुरको सहसचिव हुनुहुन्थ्यो। उहाँको निधनपछि अधिवेशन स्थगित भएको युवा संघका केन्द्रीय सदस्य मदन गिरीले जानकारी दिनुभयो। 

     शनिबार दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा सङ्घको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला हृदयाघातका कारण मियाको मृत्यु भएको युवा सङ्घका केन्द्रीय सदस्य गिरीले बताउनुभयो। ३७ वर्षीय मियाका श्रीमती, तीन छोरी र एक छोरा छन्।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend