२०८३ भाद्र २७ गते शनिवार

images

आशिका तामाङ २० हजार धरौटीमा रिहा

आशिका तामाङ २० हजार धरौटीमा रिहा

सहर्ष न्युज
शुक्रवार, माघ १८ २०८१
सहर्ष न्युज
शुक्रवार, माघ १८ २०८१
  • काठमाडौं । अभियन्ता बताउने आशिका तामाङ धरौटीमा रिहा भएकी छन्।

    आपराधिक उपद्रव कसुरमा जिल्ला अदालत भक्तपुरले तामाङलाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।

    माघ २ गते प्रहरी वृत्त गौशालाले उनलाई अभद्र व्यवहार गरेको कसुरमा पक्राउ गरेको थियो। प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो।

    त्यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई माघ १४ गते १० हजार धरौटी माग गरी रिहा गर्न आदेश दिएको थियो। तर भक्तपुरमा सूर्यविनायक नगरपालिकाले बनाएको झुलुङ्गे पुलको बोर्ड बिगारेको कसुरमा अनुसन्धान गर्न परिसरको हिरासतमा राखिएको थियो।

    शुक्रबार अदालतमा पेस गर्दा उनीसँग धरौटी माग गरिएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend