२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • हाँसेर 'आज हुँदै हुँदैन' भन्नु मुस्कानसहितको...

हाँसेर 'आज हुँदै हुँदैन' भन्नु मुस्कानसहितको सेवा होइन : विश्वप्रकाश शर्मा

हाँसेर 'आज हुँदै हुँदैन' भन्नु मुस्कानसहितको सेवा होइन : विश्वप्रकाश शर्मा

सहर्ष न्युज
बिहिवार, माघ १० २०८१
सहर्ष न्युज
बिहिवार, माघ १० २०८१
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले 'मुस्कानसहितको सेवा' को मर्म बुझ्नुपर्ने बताएका छन्।

    बिहीबार (आज) बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन्।

    'मुस्कानसहितको सेवा, यसको अभिप्राय के हो त ? हाँसेरै बोल्ने तर, आज हुँदै हुँदैन भनेपछि कसरी भयो ? विनम्रतापूर्वक बोल्ने, संयमतापूर्वक काम गर्ने र समस्याको समाधान गर्नेगरी सेवा दिने भनिएको हो,' उनले भने।

    यस्तै शर्माले सेवा सुशासनमुखी हुनुपर्ने बताए। 'सेवा सुशासनमुखी हुनुपर्छ। र, त्यो मुस्कानसहित दिने भन्दा पनि सेवाग्राहीचाहिँ खुसी हुने सेवा हुनुपर्छ,' उनले भने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend