२०८३ भाद्र २८ गते आइतवार

images
  • पर्यटन
  • नेपालमा हवाई दुर्घटना : संख्या १०८,...

नेपालमा हवाई दुर्घटना : संख्या १०८, मृत्यु ९६९ जना

नेपालमा हवाई दुर्घटना : संख्या १०८, मृत्यु ९६९ जना

सहर्ष न्युज
बिहिवार, श्रावण १० २०८१
सहर्ष न्युज
बिहिवार, श्रावण १० २०८१
  • सहर्ष न्युज, काठमाडौं । नेपालमा हवाई दुर्घटनाको सङ्ख्या १०८ पुगेको छ । नेपालको हवाई उड्डयन इतिहासमा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनासहित नेपालमा हवाई दुर्घटनाको संख्या १०८ पुगेको हो ।

    विसं २०१२ वैशाखमा पहिलो पटक सिमरामा भारतको कलिङ्गा एयर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिकतर्फको व्यावसायिक उडानमा बुधबार भएको दुर्घटनासहित ९६९ जनाले ज्यान गुमाइसकेका छन् ।

    प्राधिकरणको तथ्याङ्क अनुसार मानवीय क्षति भएको जहाज दुर्घटनामा हालसम्म बाँच्न सफलमध्ये मनीषरत्न शाक्य मात्रै एक पाइलट हुन् । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार प्राधिकरणको तथ्याङ्कमा हालसम्म मानवीय क्षति भएको दुर्घटनामा कुनै पनि पाइलट बाँच्न सफल भएको रेकर्ड छैन । यसबाट नेपाली आकाशमा उडान भर्ने चालक दल पनि सशङ्कित हुँदै आएका छन् ।

    उहाँका अनुसार जहाज दुर्घटनामा पर्नेवित्तिकै जहाजमा भएको इन्धनका कारण तत्काल आगलागी हुने हुँदा न्यून बाँच्ने सम्भावनाबिच ठुलो दुर्घटनामा परेको सौर्य एयरलायन्सका चालक शाक्य भाग्यले बाँचेका पहिलो व्यक्ति रहेको बताउनुभयो ।

    प्राधिकरणका अनुसार यातायातका साधनमध्ये हवाई यातायातलाई सबैभन्दा सुरक्षित, सुलभ र भरपर्दो साधनको रूपमा लिइए पनि हालसम्म नेपालमा एक इन्जिनयुक्त आठ वटा दुर्घटनामा २५ जनाले ज्यान गुमाएका भएका छन् भने हेलिकोप्टरतर्फका ४० बढी दुर्घटनामा ९२ ले ज्यान गुमाएका छन् ।

    त्यस्तै विदेशी वायुसेवा कम्पनीका १० वटा जहाज दुर्घटनामा ३७५ जनाले ज्यान गुमाएका छन् । आन्तरिकतर्फ उडान गर्ने ५१ वटा जहाज दुर्घटनामा बुधबारको सहित ४६९ जनाले ज्यान

    गुमाइसकेका छन् । यसअघि विसं २०७९ माघ १ गते काठमाडौँबाट चार चालक दल र ६८ जना यात्रु बोकेर पोखराका लागि उडेको यती एयरको एटीआर विमान घटनामा जहाजमा सवार सबैको निधन भएको थियो । उक्त दुर्घटना आन्तरिकतर्फको सबैभन्दा ठुलो दुर्घटना मानिन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend