२०८३ भाद्र २७ गते शनिवार

images
  • पर्यटन
  • पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय...

पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय यात्रा गर्दा यात्रु सेवा शुल्कमा शतप्रतिशत छुट

पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय यात्रा गर्दा यात्रु सेवा शुल्कमा शतप्रतिशत छुट

सहर्ष न्युज
बिहिवार, माघ १० २०८१
सहर्ष न्युज
बिहिवार, माघ १० २०८१
  • काठमाडौं । सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुले तिर्नुपर्ने यात्रु सेवा शुल्कमा शतप्रतिशत छुट दिने भएको छ।

    सरकारले २०८३ को भदौ मसान्तसम्मका लागि यात्रु सेवा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो।

    यी दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुले यसघि यात्रु सेवा शुल्कबापत ३ हजार रूपैयाँ (भ्याट सहित) तिर्नुपर्ने थियो। अब भने यो शुल्क तिर्नु नपर्ने भएको जनाएको छ ।

    सरकारले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान टिकटमा समावेश हुँदै आएको विमानस्थल सेवा शुल्क खारेज गरेको छ । यस्तो शुल्क प्रतियात्रु ३ हजार रुपैयाँ बराबर छ ।

    योसँगै यी विमानस्थलबाट हुने उडानमा अब प्रतिटिकट कम्तीमा ३ हजार रुपैयाँ घट्ने छ । अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रु सेवा शुल्कबापत प्रतिटिकट ३ हजार बराबर शुल्क लगाउँदै आएको छ।

    यो शुल्क काठमाडौं त्रिभुवन  विमानस्थलबाट विदेश उड्नेका हकमा भने यथावत छ । सरकारले नयाँ विमानस्थलमा वायुसेवा कम्पनी र यात्रु आकर्षित गर्न यस्तो निर्णय गरेको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend