२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • टिकटकले अमेरिकामा आइतवारबाट आफ्नो सेवा 'नचल्ने...

टिकटकले अमेरिकामा आइतवारबाट आफ्नो सेवा 'नचल्ने बनाउन सक्ने'

टिकटकले अमेरिकामा आइतवारबाट आफ्नो सेवा 'नचल्ने बनाउन सक्ने'

सहर्ष न्युज
आइतवार, माघ ६ २०८१
सहर्ष न्युज
आइतवार, माघ ६ २०८१
  • काठमाडौं । टिकटकले उसमाथि लगाइने प्रतिबन्ध कार्यान्वयनमा आउनुअघि अमेरिकी सरकारले उपयुक्त हस्तक्षेप नगरे आइतवारबाट अमेरिकामा आफ्नो सेवा "नचल्ने बनाउन" बाध्य हुने बताएको छ।

    शुक्रवार ढिलोगरी जारी गरेको एक विज्ञप्तिमा टिकटकले व्हाइटहाउस र अमेरिकी न्याय मन्त्रालयले "टिकटक उपलब्ध गराउनका लागि एकीकृत गरिएका सेवा प्रदायकहरूलाई आवश्यक ढङ्गले स्पष्ट पार्न र आश्वासन दिन असफल भएको" आरोप लगाएको छ।

    उसले सरकारले टिकटकमाथि तत्काल लाग्न सक्ने प्रतिबन्ध उल्लङ्घन गर्नेलाई कारबाही हुँदैन भन्ने आश्वासन नदिए 'ज्यानुअरी १९ बाट आफूले सेवा अवरुद्ध गर्न बाध्य हुने' उल्लेख गरेको छ।

    शुक्रवार अमेरिकाको सर्वोच्च अदालतले दिएको एउटा आदेशपछि टिकटकको यस्तो प्रतिक्रिया आएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend