काठमाडौं । काठमाडौंमा गुड्ने डिजेलका सवारीले अत्याधिक प्रदुषक तत्व उत्सर्जन गर्ने गरेको भेटिएको छ । यस्ता २० वटा साधनको प्रदुषण जाँच गर्दा ६ वटा मापदण्ड बाहिर भेटिएको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले, ट्राफिक प्रहरी र महानगर प्रहरीको सहकार्यका सवारी साधनहरुको प्रदुषण जाँच गरेको थियो ।
माइतीघर मण्डलबाट बबरमहलतर्फको सडक खण्डमा जाँचिएका सवारी साधनमा ठुला बस, मिनी बस, माइक्रो बस र सामान ओसार्ने ट्रिपर थिए ।
महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदुषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैल संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको छ । यी कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्दै सहरमा गुड्ने सार्वजनिक सवारी साधनको प्रदुषण परीक्षण गरेको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिनुभयो ।
मापदण्डमा पेट्रोलबाट चल्ने सवारी साधन र डिजेलबाट चल्ने सवारी साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ । सन् १९८० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४।५ प्रतिशत ९वाइ भोल्युम० हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।
तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४।५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुई पाङ्ग्र सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।
सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारी साधनका लागि सवारीको धुवाँको घनत्व ९स्मोक डेन्सिटी० अधिकतम ७५ हर्टिज स्मोक युनिट ९एचएसयु० हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाँको घनत्व ९स्मोक डेन्सिटी० अधिकतम ६५ हर्टिज स्मोक युनिट ९एचएकयु० हुनुपर्छ ।
जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखियो भने प्रदुषण मापदण्ड बाहिर हुन्छ ।
महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठ भन्नुहुन्छ, ‘सवारी धनीले आफूजस्तै गरेर आफ्नो सवारी साधनको मर्मतसम्भार र सरसफाइमा ध्यान दिने हो भने सवारी साधनका कारण बायुमा प्रदुषण हुँदैन ।’ महानगरपालिकाले वायुमण्डलमा भएको प्रदुषणको मात्रा परीक्षणका लागि सहरका विभिन्न ठाउँमा मापन उपकरण जडान गरेर निगरानी गरिरहेको छ ।
सडकपेटीको कर्बस्टोन भत्काउनेलाई १० हजार जरिबाना
यसैबीच सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै काठमाडौं महानगरपालिकाले एक घर धनीलाई १० हजार जरिबाना तिराएको छ ।
महानगरपालिका–१७ स्थित सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै महेश सिंखडालाई महानगर प्रहरी बलले जरिबाना गरेको हो ।
नयाँ घर बनाउन प्रयोग गरिने सामग्री ढुवानीका क्रममा सडकपेटीको कर्बस्टोन भत्किएको पाइएकोले कारबाही स्वरूप जरिबाना गरिएको महानगरले जनाएको छ ।
