प्रयागराजमा देशका विभिन्न भागबाट भक्तजन आएका छन्। प्रशासनका अनुसार जर्मनी, ब्राजिल, रुसलगायत २० देशबाट भक्तजन आएका छन्। संगममा प्रत्येक घण्टा २ लाख भक्तजन स्नान गर्ने गर्छन्। आजदेखि भक्तजनले ४५ दिनसम्म चल्ने कल्पवास सुरु गर्नेछन्। प्रयागराजमा आजबाट कुम्भ मेला सुरु भएको छ जुन फेब्रअरी २६ का दिन महाशिवरात्रिमा समापन हुनेछ।
उत्तर प्रदेश सरकारले यस पटक ४० करोड मानिस सहभागी हुने दाबी गरेको छ। संगममा प्रवेश गर्ने सबै बाटोमा भक्तजनको भीड लागेको छ र सवारी साधनको प्रवेश बन्द गरिएको छ। भक्तजनहरू बस र रेलवे स्टेशनबाट १०-१२ किलोमिटर पैदल हिँडेर संगम पुग्छन्। सुरक्षा व्यवस्थाका लागि ६० हजार सुरक्षाकर्मी खटिएका छन्।
