२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • आजदेखि स्वस्थानी व्रतकथा सुरु, शालीनदीमा...

आजदेखि स्वस्थानी व्रतकथा सुरु, शालीनदीमा सुरु हुन थाल्यो भीड

आजदेखि स्वस्थानी व्रतकथा सुरु, शालीनदीमा सुरु हुन थाल्यो भीड

सहर्ष न्युज
सोमवार, पौष २९ २०८१
सहर्ष न्युज
सोमवार, पौष २९ २०८१
  • काठमाडौं । वैदिक सत्य सनातन परम्पराअनुसार आफ्ना वरपरका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमासअनुसार माघ महिनालाई विशेष रुपमा लिने गरिन्छ। 

    पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजाआराधना गरिन्छ। सतीदेवीको अंग पतन भएका शक्तिपीठहरुमा विशेष मेला लाग्दछ। आजबाट काठमाडौंको शालीनदीमा स्नान गरी स्वस्थानी व्रतकथा प्रारम्भ गर्नेहरूको भीड रहेको छ। 

    आइतबारदेखि नै व्रतालुहरू शालीनदीमा पुगि जाग्राम बसेर बिहानै स्नान गरी स्वस्थानी व्रत प्रारम्भ गरेका छन्। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर व्रत प्रारम्भ गरिन्छ। बिहान माघ स्नान गरी मध्यान्ह कालमा महादेवको पूजा आराधना गरिन्छ।

     बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा छ।  एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend