२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • कवाड व्यवसायीले बझाए प्रमुख जिल्ला अधिकारीलाई...

कवाड व्यवसायीले बझाए प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

कवाड व्यवसायीले बझाए प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

सहर्ष न्युज
आइतवार, पौष २८ २०८१
सहर्ष न्युज
आइतवार, पौष २८ २०८१
  • काठमाडौं । कवाड व्यवसायीले  शान्ति सुरक्षाको माग गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र  बुझाएको छ ।  शान्ति सुरक्षाको माग गर्दै कवाड व्यवसायी संघर्ष समिति काठमाडौंले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

    काठमाडौं महानगरपालिकाले पछिल्लो समयमा कानून विपरित कवाड व्यवसायीलाई दुख दिने र अराजक गतिविधि गर्दै आरोप लगाएको छ ।

    उनीहरुले काठमाडौं महानगरले  डोजरले घर पनि भत्काउने गरेकाले उनीहरुले शान्ति सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । कवाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा कवाड व्यवसायीले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई आज ज्ञापनपत्र बुझाएको जानकारी दिए ।

    ‘काठमाडौं महानगरले वातावरण फोहर गरेको, आगलागी घटना बढाएको, चोरीको घटना बढाएको जस्ता झुटा आरोप लगाएर महानगरपालिकाले कवाडमा व्यापक तोडफोड गरिएको स्थिति छ । कवाड व्यवसायीका समान जफत गरेको अवस्था छ । व्यवसायीलाई गालीगलौज कुटपिट र अभद्र व्यवहार गरेको छ’ समितिले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    समितिका अध्यक्ष गुप्ताको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीमा कवाड व्यवसायीका नेताहरु सरोज श्रेष्ठ, सुरेश साह, कृष्ण यादव, श्याम यादव लागयतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend