२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • एक बर्षमा चीनले एक करोड नौ...

एक बर्षमा चीनले एक करोड नौ लाख विद्युतीय गाडी बिक्री ग¥यो

एक बर्षमा चीनले एक करोड नौ लाख विद्युतीय गाडी बिक्री ग¥यो

सहर्ष न्युज
शुक्रवार, पौष २६ २०८१
सहर्ष न्युज
शुक्रवार, पौष २६ २०८१
  • बेइजिङ । विश्वमा नवीकरणीय ऊर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढीले बढेको छ ।

    चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) ले बिहीबार जानकारी गराएअनुसार सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक करोड आठ लाख ९९ हजार वटा विद्युतीय गाडीको खुद्रा बिक्री भएको छ ।

    हालैका वर्षहरूमा बेइजिङको उदार अनुदानबाट प्रेरित चिनियाँ विद्युतीय सवारीसाधनको बजारले व्यापक वृद्धि पाएको छ । सीपीसीएका अनुसार गत वर्ष कुल खुद्रा बिक्रीको करिब आधा अर्थात् ४७.६ प्रतिशत हिस्सा विद्युतीय गाडीले ओगटेको थियो ।

    सीपीसीएको तथ्याङ्कअनुसार डिसेम्बरमा यस्ता गाडीको बिक्री सङ्ख्या १३ लाखभन्दा बढी पुगेको छ । यो वर्षभरlको तुलनामा ३७.५ प्रतिशतले बढी हो र यो लगातार पाँचौं महिना १० लाखभन्दा बढीको बिक्री हो ।

    विश्वको सबैभन्दा ठुलो अटोमोटिभ बजार चीनमा घरेलु कार निर्माताहरूबिच कडा प्रतिस्पर्धा देखिएको छ ।

    चिनियाँ बजारमा बीवाईडीले अन्य कारको तुलनामा व्यापक बजार पाएको छ । शेन्जेनस्थित कम्पनीले सन् २०२४ मा विश्वभर ४० लाखभन्दा बढी गाडी बिक्री गरेको थियो । रासस/एएफपी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend