२०८३ भाद्र २८ गते आइतवार

images
  • रोजगार
  • ११ महिनामा १३ खर्ब २७ अर्ब...

११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिटान्स भित्रियो, वृद्धि प्रतिशत १९.३

११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिटान्स भित्रियो, वृद्धि प्रतिशत १९.३

सहर्ष न्युज
बिहिवार, आषाढ २७ २०८१
सहर्ष न्युज
बिहिवार, आषाढ २७ २०८१
  • सहर्ष न्युज, काठमाडौं । मुलुकको अर्थतन्त्र संकटग्रस्त रहेपनि रेमिटान्स भित्रिने बृद्धि भने उत्साहप्रद देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा मुलुकमा रेमिट्यान्स बृद्धि १९.३ प्रतिशत रहेको देखिएको छ ।

    सो अवधिमा रेमिटान्समार्फत १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १९.३ प्रतिशतले बढेको हो । गत वर्षको एघार महिनामा रेमिट्यान्स आप्रवाह २२.७ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भइ ९ अर्ब ९८ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो ।

    एघार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९ सय ३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७ सय ५ रहेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend