२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • मूलपानी र गिरिजाप्रसाद क्रिकेट मैदान निर्माणको...

मूलपानी र गिरिजाप्रसाद क्रिकेट मैदान निर्माणको स्राेत सुनिश्चितता गर्न सरकारलाई निर्देशन

मूलपानी र गिरिजाप्रसाद क्रिकेट मैदान निर्माणको स्राेत सुनिश्चितता गर्न सरकारलाई निर्देशन

सहर्ष न्युज
बिहिवार, पौष २५ २०८१
सहर्ष न्युज
बिहिवार, पौष २५ २०८१
  • काठमाडौं ।  संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकले मूलपानी क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणका लागि स्रोतको सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ।

    समितिले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाबारे खेलकुदमन्त्री तेजुलाल चौधरी र मन्त्रालयका कर्मचारीसँग छलफल गरेको थियो। मन्त्री चौधरीले बजेट अभावमा मूलपानी क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणमा विलम्ब भएको स्पष्टीकरण दिएका थिए।

    समिति सभापति सोनाम गेल्जेन शेर्पाले मुलपानी क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणको लागि स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने र वातावरणीय प्रभाव मूल्यांकन चाँडो टुंग्याउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बताए।

    समितिको आजको बैठकले राष्ट्रिय गौरवका आयोजनाका लागि जनशक्ति व्यवस्थापनलगायत पूर्वतयारीका काम पूरा गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ। रासस

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend