काठमाडौं । काठमाडौंको अनामनगरमा रहेको मदन भण्डारी कलेज नजिक धोबीखोलामा आइतबार बिहान खसेको कार निकालिएको छ । नयाँबानेश्वर प्रहरीका अनुसार, बा.अ. ८७१४ नम्बरको सेतो रंगको कार खोलामा उत्तानो परेको कार निकालिएको छ ।
खोलामा रहेको समयमा उक्त उत्तानो परेको कार हेर्नेको घुइचो लागेको थियो ।
दुर्घटनामा मानवीय र सार्वजनिक सम्पत्ति क्षति भएको छैन । कार चालक ललितपुरको कुपण्डोल बस्ने विनित विक्रम सिजापति हुन् । उनले जिम जाँदा बढी मोडिएर कार खसेको प्रहरीलाई बताएका छन् ।
