२०८३ भाद्र २८ गते आइतवार

images
  • प्रमुख समाचार
  • किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको ‘ह्युमन...

किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ खोप ल्याइयो

किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ खोप ल्याइयो

सहर्ष न्युज
सोमवार, पौष १५ २०८१
सहर्ष न्युज
सोमवार, पौष १५ २०८१
  •  

    सरकारले यसभन्दा अघि दुई पटक एचभिपी खोप ल्याइसकेको छ । उक्त खोप टेकुस्थित भण्डारण कक्षमा राखिएको छ । यसअघि ल्याइएका खोपलाई प्रदेश कार्यालयमा पठाइएको र यो खोप पनि प्रदेश कार्यालयमा पठाइने निर्देशक रायमाझीले जानकारी दिनुभयो ।

    ‘एचपिभी’ खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ ९गाभी०को सहयोगमा चीनबाट नेपाल ल्याइएको हो । सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्दैछ । 

    पन्ध्र दिनसम्म चल्ने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरी खोप लगाइने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार १७ लाख ७० हजार मात्र गाभीले नेपाललाई उपलब्ध गराउने छ । 

    नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरूद्ध खोप लगाउनुपर्ने हुन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend