२०८३ श्रावण ११ गते सोमवार

images
  • सहकारी
  • रवि लामिछाने र पत्नी सहित प्रतिवादी...

रवि लामिछाने र पत्नी सहित प्रतिवादी भएको मुद्दा दायर, रविको सांसद पद के हुन्छ

रवि लामिछाने र पत्नी सहित प्रतिवादी भएको मुद्दा दायर, रविको सांसद पद के हुन्छ

सहर्ष न्युज
आइतवार, पौष ७ २०८१
सहर्ष न्युज
आइतवार, पौष ७ २०८१
  • काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा पूरक अभियोगपत्र दायर भएको अधिकारीहरूले बताएका छन्।

    उनीविरुद्ध फरकफरक कसूरमा सजाय माग गर्दै अभियोगपत्र दर्ता भएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए।

    उनले भने , "कुल ४२७ पेजको अभियोजनपत्र छ। कसलाई कुनकुन कसूरमा कस्तो सजाय माग गरिएको छ त्यो हामी पछि हेरेर जानकारी दिनेछौँ।"

    जिल्ला सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गरेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend