महोत्तरी : महोत्तरीमा डाँका समूहले एक जनाको हत्या गरी लुटपाट गरेको छ । महोत्तरीको मनरा शिसवा नगरपालिका–४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको हो ।
शनिवार बिहान ४ बजेको समयमा आएका ७/८ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।
डाँकाले घरमा रहेको मङ्गलसूत्र र औंठी र नगद ८० हजार लुटेर लगेको प्रहरीको भनाई छ । हत्या गरिएका व्यक्ति पूर्वगाविस सचिव हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
