२०८३ श्रावण ११ गते सोमवार

images

वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने चौधरीचौधरीद्वय पक्राउ

वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने चौधरीचौधरीद्वय पक्राउ

सहर्ष न्युज
बिहिवार, पौष ४ २०८१
सहर्ष न्युज
बिहिवार, पौष ४ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा धनुषा गणेशमान चारधाम नगरपालिका–४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने ३८ वर्षीय राजकुमार चौधरी र धनुषा मटिहानी नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–९ गौशाला बस्ने ३९ वर्षीय रूपेशकुमार चौधरी छन् ।

    पक्राउ परेकामध्ये राजकुमारले पोल्याण्ड पठाइदिन्छु भन्दै दुई जना पीडितबाट ६ लाख ३० हजार रूपियाँ र रूपेश कुमारले सिङ्गापुर पठाइदिन्छु भन्दै एक जना पीडितबाट १६ लाख रूपियाँ लिई सम्पर्कविहीन भएका थिए ।

    पैसा लिई सम्पर्कविहीन भएको पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौं काँडाघारीबाट मङ्गलबार र रूपेश कुमारलाई काठमाडौं टेकुबाट बुधबार पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend