२०८३ श्रावण १० गते आइतवार

images

जापानको होन्डा र निसानबिच एकीकरणका लागि प्रारम्भिक वार्ता

जापानको होन्डा र निसानबिच एकीकरणका लागि प्रारम्भिक वार्ता

सहर्ष न्युज
बुधवार, पौष ३ २०८१
सहर्ष न्युज
बुधवार, पौष ३ २०८१
  • टोकियो । जापानको अटो कम्पनी होन्डा र निसानबिच एकीकरण (मर्जर) का लागि प्रारम्भिक छलफल सुरू भएको छ । यो सम्झौताले टेस्ला र अन्य विद्युतीय सवारी साधन निर्माता कम्पनी निक्केई, फाइनान्सियल टाइम्स र अन्यसँग प्रतिस्पर्धा गर्न मद्दत पुग्ने बताइएको छ ।

    यी दुई कम्पनीबिच गत मार्चमा विद्युतीय सवारी साधनमा रणनीतिक साझेदारी गर्न सहमति भएको विश्लेषकहरूले बताएका छन् । होन्डाका एक प्रवक्ताले बुधबार भन्नुभयो, “सम्भावित एकीकरणको सम्भावनाबारे छलफल भइरहेको छ ।”

    “हामी भविष्यमा होन्डा र निसानबिच सहयोगका लागि सम्भावनाहरूबारे छलफल गरिरहेका छौँ तर केही निर्णय गरिएको छैन,” प्रवक्ताले एएफपीसँग भन्नुभयो ।

    निशानले भनेको छ, “यस वर्षको मार्चमा घोषणा गरिएअनुसार होन्डा र निसानले भविष्यमा सहकार्यका लागि विभिन्न सम्भावनाको खोजी गरिरहेका छन् ।”

    निशानले भनेको छ, “यदि कुनै अद्यावधिकहरू भएमा हामी उपयुक्त समयमा हाम्रा सरोकारवालाहरूलाई सूचित गर्नेछौँ ।” विशेष गरी निशानले गत महिना नौ हजार रोजगारी कटौतीको घोषणा गरेको थियो र यसको वार्षिक बिक्री पूर्वानुमान घटाएको थियो ।

    प्रारम्भिक छलफल सुरू भएको घोषणाले बुधबारको सुरुवाती कारोबारमा निशानको सेयर मूल्य २० प्रतिशतभन्दा बढीले बढेको थियो भने होन्डाको शेयर एक प्रतिशतभन्दा बढीले घटेको थियो । मित्सुबिशी मोटर्सको शेयर मूल्य १४ प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend