२०८३ श्रावण ११ गते सोमवार

images

पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको अध्यक्षमा पौडेल, कार्यसमितिमा अरु को–को

पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको अध्यक्षमा पौडेल, कार्यसमितिमा अरु को–को

सहर्ष न्युज
शनिवार, मंसिर २९ २०८१
सहर्ष न्युज
शनिवार, मंसिर २९ २०८१
  •  

    शुक्रवार सम्पन्न मतगणनाको परिणामअनुसार उपाध्यक्षमा परमानन्द राय, महिला उपाध्यक्षमा शिक्षा भट्टराइ, सचिवमा विष्णुहरि कोइराला र कोषाध्यक्षमा सुमनकुमार श्रेष्ठ विजयी हुनुभएको छ ।

    यसैगरी सहसचिवमा नरेश खड्का र सहसचिव समावेशीमा प्रविन्दकुमार श्रीवास्तव निर्विरोध निर्वाचित हुनुभएको छ ।

    NTV Patrakar Mahasangh.jpg

    सदस्यहरुमा अशोककुमार बस्नेत, छहरा दवाडी, रमेश माझी र महिला सदस्यमा सम्झना कर्माचार्य पनि यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

    यस्तै केन्द्रिय परिषद् सदस्यमा दिपकजंग हमाल, प्रदिपकुमार चापागाईं र सरस्वती शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरि प्रदेश परिषद् सदस्यमा रामबाबु अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ ।

    यसैबीच, पद हस्तान्तरण तथा प्रमाणपत्र वितरणको कार्यक्रम चाँडै गरिने निर्वाचन समितिका संयोजक तथा नेपाल टेलिभिजनका समाचार महाशाखा प्रमुख पुष्पहरि क्याम्पा राइले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend