२०८३ श्रावण १२ गते मंगलवार

images

'घर, जग्गा कारोबार सुधारमा सबै पक्षको सहकार्य आवश्यक'

'घर, जग्गा कारोबार सुधारमा सबै पक्षको सहकार्य आवश्यक'

सहर्ष न्युज
शनिवार, मंसिर २९ २०८१
सहर्ष न्युज
शनिवार, मंसिर २९ २०८१
  • काठमाडौं । पछिल्लो समय ह्वात्तै घटेको घर, जग्गाको कारोबार सुधार गर्न सबै पक्षको सहकार्य आवश्यक भएको नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताउनु भएको छ । उहाँले देशभरका व्यवसायीका समस्या समाधानका एक भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।

    शुक्रवार भएको अधिवेशनबाट महासङ्घको अध्यक्षमा घिमिरे सर्वसम्मत चयन हुनुभएसँगै उहाँले यस्तो बताउनुभएको हो । घर जग्गाको क्षेत्रमा रहेका समस्या समाधानका लागि देशभरका व्यवसायीहरूसँग सहकार्य गर्ने र घर जग्गाको व्यवसाय खस्किएकोमा व्यवसायी मात्रै नभई सरकार पनि गम्भीर रहेकाले चाँडै समस्या समाधान हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

    समस्याको समाधान छिटै हुने र व्यवसायीहरू उत्साहित रहेकाले छिटै घरजग्गा कारोबार पुरानै लयमा आउने बताउनु भयो । बैङ्कहरूमा पैसा थुप्रिएर बस्दा पनि त्यसलाई ऋण प्रवाह गर्ने राम्रो खालको कानुनी व्यवस्था नल्याउँदा केही असहजता रहेको बताउनु भयो । बैङ्किङ क्षेत्रमा थोरै सुधार भए अहिलेका समस्या समाधान हुने उहाँको विश्वास छ ।

     घर जग्गाको व्यवसाय खस्किएकोमा हामी मात्रै होइन, सरकार पनि चिन्तित रहेछ भन्ने कुरा थाहा पाएका छौँ । हाम्रो सुनुवाइ हुन्छ, व्यवसायीहरू उत्साहित छन् र यो व्यवसाय पुरानै अवस्थामा आउँछ । राष्ट्र बैङ्कको नीति नै हामीले भनेको जस्तो नभएको लागेको छ ।

    बैङ्कहरूमा पैसा थुप्रिएर बस्दा पनि त्यसलाई ऋण प्रवाह गर्ने राम्रो खालको कानुनी व्यवस्था नल्याएको हुनाले अप्ठ्यारो छ । बैङ्किङ क्षेत्रमा थोरै सुधार भयो भने सम्पूर्ण कुराहरूको समाधान हुने उहाँको भनाई छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend