२०८३ कार्तिक १५ गते शनिवार

images
  • समाज
  • बायु प्रदुषण मापन जडान गर्दै काठमाडौं...

बायु प्रदुषण मापन जडान गर्दै काठमाडौं महानगर, काठमाडौँका १८ स्थानमा जडान गरिने

बायु प्रदुषण मापन जडान गर्दै काठमाडौं महानगर, काठमाडौँका १८ स्थानमा जडान गरिने

सहर्ष न्युज
मंगलवार, मंसिर २५ २०८१
सहर्ष न्युज
मंगलवार, मंसिर २५ २०८१
  • काठमाडौं । वायु प्रदूषण मापनका लागि काठमाडौँ महानगरपालिकाले १८ ठाउँमा यन्त्र जडान गर्ने भएको छ । मङ्गलवार उपप्रमुख सुनीता डङ्गोलले महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको भवन, काठमाडौँ प्लाजाको सडकतर्फको खण्डमा उपकरण जडान शुभारम्भ गर्नुभएको हो । 

    महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले पार्टनरसिप फर हेल्दी सिटिजसँगको सहकार्यमा महानगरपालिका क्षेत्रभर वायु गुणस्तर निगरानी गर्न उपकरणहरू जडान गरेको महानगरले जनाएको छ । 

    उपकरण शुभारम्भपछि बोल्दै उपप्रमुख डङ्गोलले, महानगरपालिकाले आन्तरिक कार्यक्रम र साझेदारसँगको सहकार्यबाट प्रदूषण न्यूनीकरणका लागि काम गरिरहेको बताउनुभयो । ‘गरिरहेका कार्यक्रमहरूको प्रभावकारिता मापन गर्न र थप तथा सुधारका कार्यक्रम गर्न तथ्यमा आधारित प्रमाण आवश्यक पर्छ । वायु प्रदूषण मापन यन्त्रले यस प्रकारका तथ्य उपलब्ध गराउँछ ।’ 

    ’प्रदूषणबाट आर्थिक, सामाजिक, वातावरणीय तथा विकास क्षेत्रमा पारेको असर घटाएर स्वास्थ्य सहर निर्माण गर्न धुलोरहित महानगर कार्यक्रम कार्यान्वयनमा छ । पार्क तथा हरियाली प्रवर्धन आयोजना सञ्चालन गरिएको छ । खुला रूपमा आगो बाल्न निषेध गरिएको छ । हाँडीगाउँमा कार फ्री शनिवारको कार्यक्रम सञ्चालन गरिएको छ । फोहरलाई स्रोतमा वर्गीकरण अभ्यासलाई प्रवर्धन गरिएको छ । वातावरणीय शिक्षाका लागि विद्यालयस्तरीय वातावरण र बालबालिका कार्यक्रम सञ्चालन गरिएको छ ।’ उहाँले भन्नुभयो, ‘साझेदारिताबाट उपलब्धिलाई संस्थागत गर्दै जान सहयोग हुनेछ ।’ 

    स्वास्थ्य सहर परियोजना गैर सङ्क्रामक रोग र चोटपटक रोकथाम गरेर जीवन बचाउन प्रतिबद्ध ७० वटा सहरको विश्वव्यापी सञ्जाल हो । विश्व स्वास्थ्य सङ्गठन र विश्वव्यापी स्वास्थ्य सङ्गठनको महत्त्वपूर्ण रणनीतिसँगको साझेदारी र ब्लुमवर्ग फिलान्थ्रोपिजको सहयोग परियोजना सञ्चालन भएको छ । 

    पिएम २।५ भनेको वायुमण्डलमा पाइने साना कणहरू हुन् । यी कणहरू सजिलै फोक्सोमा पुग्न सक्छन् । रक्त प्रवाहमा मिसिन सक्छन् । यसै कारण श्वासप्रश्वास, हृदय रोगसहित विभिन्न दीर्घरोग उत्पन्न गराउँछ । विश्व स्वास्थ्य सङ्गठनले पिएम २।५ को वार्षिक औसत ५ माइक्रोग्राम प्रति घनमिटर हुनुपर्ने भनेको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend