२०८३ भाद्र २८ गते आइतवार

images

बैंककस्थित एक लक्जरी होटेलको सुइटमा ६ जनाको रहस्यमय शव फेला

बैंककस्थित एक लक्जरी होटेलको सुइटमा ६ जनाको रहस्यमय शव फेला

सहर्ष न्युज
बुधवार, श्रावण २ २०८१
सहर्ष न्युज
बुधवार, श्रावण २ २०८१
  •  

    सहर्ष न्युज, काठमाडौं । थाइल्याण्डको राजधानी बैंककमा रहेको एउटा लक्जरी होटेलको सुइटमा ६ जनाको शव फेला परेको छ । रहस्यमय यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

    ग्रान्ड ह्यात होटलमा ती मानिसहरुको मृत्यु के कारणले भयो भन्ने विषय गम्भीर बनेको छ । पहिले होटेलमा गोली हानाहान भएको अनुमान गरिएको थियो । तर प्रहरी अनुसन्धानले घटनास्थलमा गोलाबारीको कुनै प्रमाण नभेटेको जनाएको छ ।

    अधिकारीहरुका अनुसार होटलमा मृत भेटिएकाहरुको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने जनाएका छन् । मृतकहरु तीन पुरुष र तीन महिला रहेका छन् । उनीहरु सबै भियतनामी नागरिक रहेका छन् ।

    ती मध्ये केहीसँग अमेरिकाको दोहोरो नागरिकता समेत रहेको थाइल्याण्डका प्रधानमन्त्रीले जानकारी दिनुभएको छ । घटनास्थलमा पुग्नु भएकी थाई प्रधानमन्त्री श्रेथा थाविसिनले उनीहरुको मृत्यु भएको २४ घन्टा भइसकेको बताउँदै घटनाको गम्भीर अनुसन्धान गरिने बताउनु भयो । साथै घटनामा भियतनामीकै संलग्ताको आशंका गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend