२०८३ कार्तिक १५ गते शनिवार

images

४ लाख १२ हजार रुपियाँ घुस लिएको अभियोगमा नियन्त्रणमा धामीद्वय अख्तियारको नियन्त्रणमा

४ लाख १२ हजार रुपियाँ घुस लिएको अभियोगमा नियन्त्रणमा धामीद्वय अख्तियारको नियन्त्रणमा

सहर्ष न्युज
बुधवार, श्रावण २ २०८१
सहर्ष न्युज
बुधवार, श्रावण २ २०८१
  • सहर्ष न्युज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुला, शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहनसिंह धामी र कृषि प्राविधिक अशोकसिंह धामीलाई ४ लाख १२ हजार रुपियाँ घुस लिएको अभियोगमा नियन्त्रणमा लिएको छ ।

     

    कृषि समूहको बिल भुक्तानी गर्दा कमिसनबापत सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा ती कर्मचारीलाई आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।

    घुस लिएको भनिएको ४ लाख १२ हजार रुपियाँ र निजहरूको साथमा रहेको ४५ लाख ६० हजार रुपियाँ र ५ थान चेक र अशोकसिंह धामीको नाममा काटिएको २ लाख ५० हजार रुपियाँको दुईवटा गरी पाँच लाखको चेकसहित नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend