२०८३ भाद्र २७ गते शनिवार

images
  • समाज
  • मापदण्ड विपरीतका संरचना हटाउन काठमाडौं उपत्यका...

मापदण्ड विपरीतका संरचना हटाउन काठमाडौं उपत्यका विकास प्राधिकरणको निर्देशन

मापदण्ड विपरीतका संरचना हटाउन काठमाडौं उपत्यका विकास प्राधिकरणको निर्देशन

सहर्ष न्युज
बुधवार, मंसिर १९ २०८१
सहर्ष न्युज
बुधवार, मंसिर १९ २०८१
  • काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिएको छ ।

    सम्बन्धित पक्षलाई निर्देशन दिंदै अटेर गरेमा प्राधिकरण आफैंले हटाउने र त्यसमा लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल्ने चेतावनी समेत दिएको छ ।

    प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरी काठमाडौं उपत्यका भित्रका क्षेत्रमा योजना अनुमति लिएर मात्र निर्माण कार्य अघि बढाउनुपर्ने कानुनी व्यवस्था स्मरण गराएको छ ।

    जग्गा विकास, सामूहिक आवास, संयुक्त आवास एवं संस्थागत, सार्वजनिक, व्यापारिक, मिश्रित, आवासीय, सांस्कृतिक समारोह, भोजभतेरस्थल, अस्पताल, विद्यालय, सभा सम्मेलन भवन, कलेज, नर्सिङहोमका संरचना निर्माण गर्दा प्राधिकरणको अनुमति लिनुपर्ने व्यवस्था छ ।

    प्राधिकरणले मापदण्ड विपरीत भए गरेका निर्माण कार्य हटाउनरभत्काउन आदेश दिने, सो बमोजिम नगरेमा प्राधिकरण आफैंले हटाउने, त्यस्तो सम्पत्ति कुनै व्यहोराले हक छाडिदिन वा किनबेच, अंशबण्डा गर्न, बैंक तथा वित्तिय संस्थालाई धिरो बन्दकी दिन नपाउने गरी रोक्का राख्न लेखी पठाउन सक्ने छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend