२०८३ श्रावण १० गते आइतवार

images

जुम्लाको पातारासी गाउँपालिकामा नेपाल टेलिकमको मोबाइल सेवा विस्तार

जुम्लाको पातारासी गाउँपालिकामा नेपाल टेलिकमको मोबाइल सेवा विस्तार

सहर्ष न्युज
मंगलवार, मंसिर १८ २०८१
सहर्ष न्युज
मंगलवार, मंसिर १८ २०८१
  • काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका वडा नं. २ मा नयाँ साइट निर्माण गरी यही मङ्सिर १६ गते देखि टुजीरफोरजी मोबाइल सेवा सञ्चालन गरिएको हो ।

    जिल्लाको अति विकट पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै उक्त गाउँपालिकाका वडा नं.१, २ र ३ अन्तर्गतका गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँ लगायत स्थानमा बसोबास गर्ने वासिन्दाहरु पहिलो पटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन् ।

    दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले उक्त स्थानका ग्राहकहरुको मागलाई लक्षित गरी भ्वाइस तथा डेटा सेवाको विस्तार गरेको छ ।

    यससँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरु तथा यस क्षेत्रका पर्यटन लगायत अन्य व्यवसायीहरुले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने विश्वास कम्पनीको रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend