२०८३ भाद्र २८ गते आइतवार

images

गोरखामा सामुहिक रुपमा मनाइयो ‘मकै सुकाउने पर्व’

गोरखामा सामुहिक रुपमा मनाइयो ‘मकै सुकाउने पर्व’

सहर्ष न्युज
शनिवार, मंसिर १ २०८१
सहर्ष न्युज
शनिवार, मंसिर १ २०८१
  • गोरखा- नेवारी समुदायको साँस्कृतिक पर्व ‘मकै सुकाउने पर्व'(सकिमना) गोरखामा मनाइएको छ।

    गोरखा नगरपालिका-६ ठुलोआँगनमा सामुहिक रुपमा यो पर्व मनाइएको हो। लोप भइसकेको पर्व ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको अगुवाइमा २०७६ सालबाट सामुहिक रुपमा मनाउन थालिएको हो ।

    कार्त्तिक शुल्क पूर्णिमाको रात अमृत बर्षा हुने र भुटेको मकै, भटमास, बदाम, उसिनेको पिँडालु, सखरखण्ड लगायतका खाद्य पदार्थ चन्द्रमामा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ सकिमना पुन्हिः पर्व मनाउने प्रचलन रहेको छ ।

    करिव करिव लोप भइसकेको यो पर्व २०७६ सालबाट सामुहिक रुपमा मनाउन थालिएको ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिका अध्यक्ष शुरेसमान श्रेष्ठले बताउनुभयो ।

    देवताको आकृति बनाएर अन्न सुकाउने र प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन रहेको उनले बताए ।

    भुटेको मकैसँगै भटमास, केराउ, चना, लगायतका गेडागुडी, जुनेलो, बदाम, सखरखण्डलगायत बिभिन्न फलफुल पनि सँगै राख्ने प्रचलन छ ।

    सदरमुकामका नेवार समुदायले यस पर्वलाई महत्वका साथ सामुहिक रुपमा ठुलोआगनमा मनाएका हुन् ।

    समितिको अगुवाइमा बाजागाजासहित बिभिन्न धार्मिक परम्परा झल्कने गरी यस पटक मकै सुकाइएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend