२०८३ श्रावण १० गते आइतवार

images

नेपाल गुणस्तर परिषद्को बैठकबाट ३ वटा बस्तु र १७ वटा परिक्षण विधि स्वीकृत

नेपाल गुणस्तर परिषद्को बैठकबाट ३ वटा बस्तु र १७ वटा परिक्षण विधि स्वीकृत

सहर्ष न्युज
शुक्रवार, कार्तिक ३० २०८१
सहर्ष न्युज
शुक्रवार, कार्तिक ३० २०८१
  • काठमाडौं । नेपाल गुणस्तर परिषद्को ११३ औ बैंठक सिंहदरबारमा सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा भएको बैठकबाट नयाँ १७ वटा नेपाल गुणस्तर र ३ वटा हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरिएको छ ।

    हाल विकसित नयाँ प्रविधि र उच्च गुणस्तरका सामाग्रीको बजारको मागका आधारमा हाल कायम रहेको NS 80M2042= Hume Pipe लाई परिमार्जन गरिएको नेपाल गुणस्तर NS 80M2081 पारित भएको हो । साथैी aminated Woven Sack (block button valve) र घरायासी प्रयोजनमा आउने UPVC Pipe fitting को नेपाल गुणस्तरमा समेत परिमार्जन गरिएको छ ।

    यसैगरी गरगहना, पानी र माटो परिक्षणसंग सम्बन्धित क्ष्क्इ बाट निर्धारित अन्तर्राष्ट्रिय गुणस्तर अनुरुप परिक्षण विधिका गुणस्तरहरु समेत उक्त बैठकबाट स्वीकृत भएका छन् ।

    मन्त्री भण्डारीले यस बाहेक अन्य सामग्रीको समेत गुणस्तर निर्धारण गर्नुपर्ने बताएका छन् । हाल चलनचल्तीमा रहेका बाहेक ठुला साइजका ग्यास सिलिण्डरहरुको नेपाल गुणस्तर तयार गर्न उनले विभागलाई दिर्नेशन दिए । उनले निर्यात प्रर्वधन हुने अन्य सामग्रीहरुको अध्ययन गरि मापदण्डहरु कायम गर्न निर्देशन दिएका हुन् ।

    नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशकको संयोजकत्वमा रहेको प्राविधिक समितिबाट पारित मस्यौदा नेपाल गुणस्तर परिषदबाट स्वीकृत भए पश्चात उक्त गुणस्तर नेपाल गुणस्तरको रुपमा मान्यता पाउने व्यवस्था छ । परिषदमा उपाध्यक्षको रुपमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव (उद्योग) उपाध्यक्ष र विभागका महानिर्देशक सदस्य सचिव रहने व्यवस्था छ । साथै अन्य मन्त्रालयहरु, विश्वविद्यालयका प्रतिनिधिरु, विज्ञहरु र निजी क्षेत्रका प्रतिनिधीहरु समेत परिषदमा सदस्य रहने व्यवस्था छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend