२०८३ श्रावण ११ गते सोमवार

images

आठवटा धितोपत्र दलाल कम्पनी थपिएर कम्पनीको संख्या ९० पुग्यो

आठवटा धितोपत्र दलाल कम्पनी थपिएर कम्पनीको संख्या ९० पुग्यो

सहर्ष न्युज
बिहिवार, कार्तिक २९ २०८१
सहर्ष न्युज
बिहिवार, कार्तिक २९ २०८१
  • काठमाडौं । धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी ृब्रोकरेको सङ्ख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०/८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकामा हाल थप आठवटा कम्पनी थपिएपछि ९० पुगेको हो ।

    धितोपत्रको खरिद तथा बिक्री गर्न गत असोज मसान्तसम्ममा ९० वटा सदस्य दलाल कम्पनीले अनुमति पाएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ‘नेप्से’ ले जनाएको छ ।

    यस्तै धितोपत्र व्यापारी स्टक डिलरेको रूपमा चालु आर्थिक वर्षका लागि दुईवटा कम्पनीको सदस्यता नवीकरण गरिएको नेप्सेले जनाएको छ । स्टक डिलरका रूपमा नागरिक स्टक डिलर कम्पनी लिमिटेड र नबिल स्टक डिलर लिमिटेडले अनुमति पाएका छन् ।

    नेप्सेका अनुसार हालसम्म दर्ता भएकामध्ये दुई कम्पनीले पूर्ण कार्य गर्ने धितोपत्र दलालका रूपमा अनुमति पाएका छन् भने बाँकी ८८ वटाले सीमित कार्य गर्न अनुमति पाएका छन् । पूर्ण कार्य गर्ने धितोपत्र दलालका रूपमा एनआईएमबी स्टक मार्केट्स लिमिटेड र हिमालयन सेक्युरिटिज लिमिटेड रहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend