२०८३ कार्तिक १४ गते शुक्रवार

images
  • प्रमुख समाचार
  • कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट व्यावसायिक उडान...

कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट व्यावसायिक उडान सुरु

कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट व्यावसायिक उडान सुरु

सहर्ष न्युज
मंगलवार, कार्तिक २७ २०८१
सहर्ष न्युज
मंगलवार, कार्तिक २७ २०८१
  • काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्गलबारदेखि व्यावसायिक उडान सुरु गरेको छ । दोहाबाट आएको कतार एयरवेजको एयर बस ३३० आज अपराह्न उक्त विमानस्थलमा अवतरण गरेको गौतमबुद्ध विमानस्थलले जनाएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले एयर बस ३३० बाट गौतमबुद्ध विमानस्थलमा कतार एयरवेजले पहिलोपटक व्यावसायिक उडान गरेको बताउनुभयो ।

    कतार एयरवेजले अब नियमित रुपमा दाेहा–भैरहवा–काठमाडौँ–दोहा ‘रुट’मा एक उडान गर्नेछ । उक्त विमान कम्पनीले आगामी मङ्सिर १५ गतेसम्म गौतमबुद्ध विमानस्थलमा उडानको अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कतार एयरसँगै गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको सङ्ख्या पाँच पुगेको छ ।

    यसअघि उक्त विमानस्थलमा नेपाल एयरलाइन्स, फ्लाई दुबई, थाई एयर एसिया र जजिराले सेवा प्रारम्भ गरिसकेका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend