२०८३ भाद्र २८ गते आइतवार

images
  • प्रमुख समाचार
  • चौथो अजिरकोट गाउँपालिका अन्तर माध्यमिक विद्यालयस्तरीय...

चौथो अजिरकोट गाउँपालिका अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रिपति रनिङ्ग सिल्ड प्रतियोगिता सुरू

चौथो अजिरकोट गाउँपालिका अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रिपति रनिङ्ग सिल्ड प्रतियोगिता सुरू

सहर्ष न्युज
मंगलवार, कार्तिक १३ २०८१
सहर्ष न्युज
मंगलवार, कार्तिक १३ २०८१
  • सुष्मा सापकोटा, काठमाडौं । चौथो अजिरकोट गाउँपालिका अन्तर माध्यामिक विद्यालयस्तरीय राष्ट्रिपति रनिङ्ग सिल्ड प्रतियोगिता सुरू भएको छ ।

    उक्त प्रतियोगिताको अजिरकोट गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाले पानसमा बत्ती बालि उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा उहाँले खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिका सँधै प्रतिबद्ध रहेको बताउनुभयो । स्वस्थ प्रतिस्पर्धामा खेल खेल्न सुझाब दिनुहुँदै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो । 

    Ajirkot.jpg

    कार्यक्रममा सो गाउँपालिकाका पुर्वअध्यक्ष फणिन्द्र प्रसाद धिनार, प्रमुख प्रशासकीय अधिकृत रचना बुढाथोकीलगायतले खेलकुदको पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । 

    Ajirkot 6.jpg

    खेलको पहिलो दिन १५०० मिटर दौड, ४०० मिटर दौड, छेलो हान्ने, छात्र छात्राबीच भलिबल, छात्रातर्फको त्रिपल जम्प आदी खेलको प्रतियोगिता भएको थियो । 

    १४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा ९ वटा माध्यामिक विद्यालयको सहभागिता रहेको छ ।

    Ajirkot 5.jpg
    undefined
    Ajirkot 8.jpg
    undefined
    Ajirkot 1.jpg
    undefined
    Ajirkot 4.jpg
    undefined
    Ajirkot 2.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend