काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा सभापति पक्राउ विरुद्द प्रर्दशन गरेको छ । सहकारी प्रकरणमा पक्राउ परेका सभापतिको रिहा गराउन रास्वपाले प्रदर्शन गर्दै आएको हो । रास्वपाले केही दिनदेखी पोखरामा प्रदर्शन जारी राखेकोमा आज काठमाडौैमा पनि विरोध सुरु गरेको छ ।
पोखराबाट काठमाडौं सरेको रास्वपाको प्रदर्शन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध शृङ्खलाबद्ध विरोध प्रदर्शन गर्दै आएको छ । रास्वपाले सहकारी ठगलाई कारवाहीका माग राखेका छन् ।
यसअन्तर्गत शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । यसअघि पोखराका विभिन्न ठाउँमा प्रदर्शन गरिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन अब काठमाडौंस्थित माइतीघर मण्डलबाट सुरु भएको छ । पोखरामा करिब सातासम्मको प्रदर्शन नतिजामुखी नभएपछि रास्वपा काठमाडौंकेन्द्रित भएको हो ।

जिल्ला अदालत कास्कीले ठगी आरोपमा समातिएका पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई अझै एक साता हिरासतमा राख्न अनुमति दिएसँगै पोखराको आन्दोलन तितरबितर भएको हो ।

रविलाई पक्राउ गरेदेखि पोखरामा आन्दोलित रास्वपा नेता-कार्यकर्ता अब काठमाडौंकेन्द्रित आन्दोलनमा जुटेका हुन्।
शुक्रबार रास्वपा सांसदहरू हरि ढकाल र विराजभक्त श्रेष्ठसहित माइतीघरको आन्दोलनमा देखिएका छन् । रास्वपाको प्रदर्शन पोखरापछि काठमाडौंमा, ठगी आरोपमा पक्राउ परेका रविलाई रिहा गर्न दबाब दिइ रहेको छ ।
