२०८३ कार्तिक १४ गते शुक्रवार

images

दसैँमा फोन अफ नगर्न कर्मचारीलाई खानेपानीमन्त्रीको निर्देशन

दसैँमा फोन अफ नगर्न कर्मचारीलाई खानेपानीमन्त्रीको निर्देशन

सहर्ष न्युज
बुधवार, आश्विन २३ २०८१
सहर्ष न्युज
बुधवार, आश्विन २३ २०८१
  •  

    आज मन्त्रालयमा आयोजना गरिएको बडादसैँको शुभकामना आदानप्रदानमा मन्त्री यादवले भन्नुभयो, “हामी जनताका सेवक हौँ, मानिसलाई पानी नभई नहुने चिज हो।चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्छन्, मोबाइल अफ नगर्नुहोला ।” 

    उहाँले हाल विपद्को समय भएकाले थप समस्या आउन सक्नेतर्फ ध्यान दिँदै नागरिकका समस्या समाधान गर्न सबै राष्ट्रसेवक कर्मचारी अग्रसर हुन आग्रह गर्नुभयो।मन्त्री यादवले भन्नुभयो, “विपद्मा विभिन्न परिस्थितिको सामना गर्दै काठमाडौँमा पानी ल्याउन सफल भएका छौँ।जसरी पानी ल्याउन सफल भयौँ, त्यसैगरी नागरिकलाई पानी खुवाउन सफल बनौँ ।”

    काठमाडौँ उपत्यकामा हिजो मङ्गलबारदेखि वितरित मेलम्चीको पानी पुगेको क्षेत्र र पानी अपुग भएको क्षेत्रबारे निरन्तर अनुगमन गरी पानी वितरण गर्न मन्त्री यादवले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल) का कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

    हिन्दुहरूको महान् पर्व विजया दशमी, शुभ दीपावली एवं छठपर्व आफ्ना घर परिवारसँग राम्रोसँग मनाउन तथा विजया दशमी सबैका लागि सुःखद् रहोस् भनी मन्त्री यादवले शुभकामना दिनुभयो।रासस  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend