२०८३ भाद्र २८ गते आइतवार

images
  • विकास
  • भारत सरकारको अनुदानमा दुई पाइपलाइन परियोजना...

भारत सरकारको अनुदानमा दुई पाइपलाइन परियोजना बन्ने

भारत सरकारको अनुदानमा दुई पाइपलाइन परियोजना बन्ने

सहर्ष न्युज
शुक्रवार, आश्विन १८ २०८१
सहर्ष न्युज
शुक्रवार, आश्विन १८ २०८१
  • काठमाडौं । भारत सरकारको अनुदानमा दुई पाइपलाइन परियोजना निर्माण हुने भएका छन् । सो पाइपलाइन निर्माण तथा भण्डारण क्षमता विस्तारसम्बमा इन्डियन आयल कर्पोरेसनका निर्देशक सेन्थल कुमार र नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टबिच सम्झौता भएको हो ।

    दोस्रो चरणको पेट्रोलियम परियोजना अगाडि बढाउन बिहीबार भारतको नयाँ दिल्लीमा बिटुबी फ्रेमवर्क सम्झौता भएको हो । भारतको सिलगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको चारआलीमा १८ हजार नौ सय किलोलिटर क्षमताको ग्रिनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने नेपाल आयल निगमले जनाएको छ ।

    यस्तै बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पाइपलाइन परियोजना भारत सरकारकै अनुदानमा निर्माण हुने छ । चितवनको लोथरमा ९१ हजार नौ सय किलोलिटर क्षमताको स्मार्ट टर्मिनल भारत सरकारको प्राविधिक सहयोग र निगमको लगानीमा निर्माण हुने बताइएको छ ।

    निगमका प्रवक्ता पूर्णप्रसाद रिजालले दुई परियोजना सञ्चालन गर्न भारत सरकारको १५ अर्ब भारतीय रुपियाँ अनुदान सहयोग रहने जानकारी दिनुुभयो । परियोजना निर्माणको काम जतिसक्दो छिटो अगाडि बढाइने उहाँले बताउनुभयो ।

    नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट र इन्डियन आयल कर्पोरेसन ९आइओसी० का डाइरेक्टर सेन्थल कुमारबिच भारत सरकारका पेट्रोलियम तथा नेचुरल ग्यास सचिव पङ्कज जैन र आइओसीका अध्यक्ष भी। सतीश कुमारको उपस्थितिमा भारतको नयाँ दिल्लीमा पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण गर्न निगम र आइओसीबिच बिटुबी सम्झौता भएको छ ।

    २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका व्रmममा नेपाल र भारतबिच दोस्रो चरणको पाइपलाइन परियोजना विस्तार गर्ने गरी भारत र नेपालबिच सम्झौता भएको थियो तर परियोजनामा भारतले अनुदान लगानी गर्ने वा ऋण भन्ने टुङ्गो नलाग्दा लामो समयसम्म सम्झौता हुन सकेको थिएन ।

    यसअघि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) को संयुक्त लगानीमा पहिलो चरणको अन्तरदेशीय पहिलो पेट्रोलियम पाइपलाइन मोतिहारी–अमलेखगन्ज, रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना २०७५ सालमा सम्पन्न भई २०७६ भदौदेखि नियमित रूपमा डिजेल आयात भइरहेको छ ।

    पाइपलाइन विस्तारले समयमा इन्धन आपूर्ति, ढुवानी लागत बचत हुनुका साथै वातावरण प्रदूषण पनि कम हुन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend