२०८३ श्रावण ११ गते सोमवार

images

देशभरका २० जलविद्युत आयोजना प्रभावित, १५ आयोजनाहरुमा २ अर्ब ३१ करोडको क्षति

देशभरका २० जलविद्युत आयोजना प्रभावित, १५ आयोजनाहरुमा २ अर्ब ३१ करोडको क्षति

सहर्ष न्युज
आइतवार, आश्विन १३ २०८१
सहर्ष न्युज
आइतवार, आश्विन १३ २०८१
  • काठमाडौं । विगत तीन देखि  लगातार परेको  अविरल वर्षाले देशभरका विभिन्न जलविद्युत आयोजनाहरुमा क्षति तथा डुवानमा परेका छन् । विभिन्न जलविद्युत आयोजनाहरु मध्ये २०  जलविद्युत आयोजनाको क्षति विवरण आएको छ ।

    बाढी पहिरोका कारण क्षतिग्रस्त निजी क्षेत्रबाट प्रवद्र्धित जलविद्युत आयोजनाहरुको प्रारम्भिक विवरण २० आयोजना प्रभावित भएको छ भने  १५ आयोजनामै दुई अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति, अन्यको विवरण आउन बाँकी रहेको  स्वतन्त्र उर्जा उत्पादकहरुको सस्था नेपाल (IPPAN) इप्पानका उपमहासचिव प्रकाश दुलालले  जानकारी दिनुभयो  ।

    बाढी पहिरोका कारण क्षतिग्रस्त निजी क्षेत्रबाट प्रवद्र्धित जलविद्युत आयोजनाहरुको प्रारम्भिक विवरण

    मान्डू हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत आयोजना, मकवानपुर (पावर हाउस पूणर्रुपमा डुबेको, बाँध क्षेत्रमा क्षति भएको छ )भने करिव १ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।  माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना, पाँचथर गत वर्षको बाढीबाट पनि प्रभावित, पावर हाउस डुबानमा परेको भने  करिब २५ करोड रुपैयाँ बराबरको क्षति भएको हो ।  पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजा, पाँचथर (गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनँःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त  क्षति एकिन हुन बाँकी रहेको छ ।   साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना, सोलुखुम्बु (हेडवक्र्समा क्षति, उत्पादन बन्द) क्षति एकिन हुन बाँकी रहेको इप्पानले जनाएको छ । साथै  सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजना, इलाम (बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द), करिव ५ करोड रुपैयाँ बराबर क्षति भएको छ  । सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना, इलाम (बाँध र प्रसारणलाइनमा क्षति) करिब ७ करोड रुपैयाँ बराबर क्षति भएको छ ।

    त्यस्तै  फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथर, (बाँध र विद्युतगृह पूणर्रुपमा क्षति) करिब १० करोड रुपैयाँ बराबर क्षति भएको छ ।  सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाट, लमजुङ, (टेलरेस, इन्टेक र टनेलमा क्षति) करिव २ करोड रुपैयाँ बराबर क्षति  भएको छ । । साथै सुपरन्यादी जलविद्युत आयोजना, ४० मेगावाट, लामुजुङ, (पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति)  क्षति एकिन हुन बाँकी रहेको छ ।   इलेप खोला तातोपानी जलविद्युत आयोजना, २५ मेगावाट, धादीङ, (पहुँचमार्गमा ठूलो क्षति) क्षति एकिन हुन बाँकी रहेको छ । माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना २१६ मेगावाट, नुवाकोट, (क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको) करिब १० करोड रुपैयाँ बराबर क्षति भएको छ ।  हेवाखोला जलविद्युत आयोजना, ५ मेगावाट (प्रस्तावित ९.९ मेगावाट), पाँचथर (क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको) करिव १० करोड रुपैयाँ बराबर क्षति भएको छ।

    साथै सभाखोला बी जलविद्युत आयोजना, १५.१ मेगावाट, पाँचथर, (पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको) करिब ७ करोड रुपैयाँ बराबर क्षति पुगेको छ ।  । सभाखोला सी जलविद्युत आयोजना, ६.३ मेगावाट, पाँचथर, (पहुँचमार्गमा क्षति) करिव ३ करोड रुपैयाँ बराबर क्षति  भएको छ । लान्द्रुक मोदी जलविद्युत आयोजना, ८६.५९ मेगावाट, कास्की, (पहुँचमार्गमा क्षति) करिव ८ करोड रुपैयाँ बराबरको क्षति  पुगेको छ । ।  सुपर त्रिशूली जलविद्युत आयोजना, १०० मेगावाट, नुवाकोट (२ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलीब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको) करिब २५ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।  ।

    लाङटाङ खोला जलविद्युत आयोजना, २० मेगावाट, रसुवा । बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति । क्षतिको रकम एकिन हुन बाँकी रहेको इप्पानले जनाएको छ । ।  खानीखोला जलविद्युत आयोजना, २ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्व्ीचयार्डमा क्षति पुगेको र , ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद भएको छ ।   करिब १० करोड रुपैयाँ बराबरको क्षति  भएको छ ।

    टुङ्गुन ठोस्ने जलविद्युत आयोजना, ४.३६ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्व्ीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद भएको । करिब १५ करोड रुपैयाँ बराबरको क्षति  भएको छ ।  माया खोला जलविद्युत आयोजना, १४.९ मेगावाट, संखुवासभा, बाँध र पहुँचमार्गमा क्षति, करबि २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend