२०८३ भाद्र २८ गते आइतवार

images

'नेपाली ब्रो' भनेर चिनिने कुमार थापा मगर श्रीमती हत्या आरोपमा पक्राउ

'नेपाली ब्रो' भनेर चिनिने कुमार थापा मगर श्रीमती हत्या आरोपमा पक्राउ

सहर्ष न्युज
शनिवार, जेठ २३ २०८३
सहर्ष न्युज
शनिवार, जेठ २३ २०८३
  • काठमाडौं । सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ उपनामले परिचित ४२ वर्षीय कुमार थापा मगर आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

    प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित आफ्नै कोठामा शुक्रबार राति घरायसी विवादका क्रममा मगरले श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रडले प्रहार गरेका थिए।

    गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी तथा प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उपचारकै क्रममा शुक्रबार राति करिब ११ बजे उनको मृत्यु भएको हो।

    हाल भुजेलको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ भने पोस्टमार्टम प्रक्रिया हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

    प्रारम्भिक अनुसन्धानबाट पारिवारिक विवादका कारण भएको झगडाका क्रममा मगरले श्रीमतीमाथि कुटपिट गरेको र सोही घटनाबाट उनको मृत्यु भएको देखिएको प्रहरीको भनाइ छ।

    घटनापछि मगरलाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend