काठमाडौं । वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा गोरखा आरुघाट गाउँपालिका–१० घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने ३४ वर्षीय रामहरि भण्डारी पक्राउ परेका छन् ।
उनलाई पक्राउ गरी प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ ।
आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै दुई जना पीडितलाई लामो समयसम्म झुक्याइ राखे पश्चात विदेश नपठाइ सम्पर्कविहीन भएकोमा पीडितले दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
उनलाई सुन्दरीजलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि शुक्रबार नै वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ ।
