२०८३ श्रावण ११ गते सोमवार

images

श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिवार मतदान हुँदै

श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिवार मतदान हुँदै

सहर्ष न्युज
शुक्रवार, आश्विन ४ २०८१
सहर्ष न्युज
शुक्रवार, आश्विन ४ २०८१
  • काठमाडौँ : श्रीलङ्कामा आर्थिक मन्दीपछि शनिवार पहिलोपटक मतदान हुन लागेको छ।

    राष्ट्रपति रनिल विक्रमासिङ्घेले अर्थतन्त्रलाई स्थिर बनाउन र महिनौंसम्मको खाद्यान्न, इन्धन र औषधिको अभावको अन्त्य गर्ने श्रेय दावी गर्दै नयाँ जनादेशका लागि निर्वाचनको घोषणा गरेका छन्।

    सन् २०२२ मा मन्दीका कारण आक्रान्त बनेका नागरिकले तत्कालिन निर्वाचित राष्ट्रपतिविरूद्ध आन्दोलित भएपछि देश छोडेर भागेका थिए भने विक्रमासिङ्घेले सङ्कटका समय देशलाई नेतृत्व गरेर थलिएको अर्थतन्त्रलाई सम्हाल्दै झण्डै सङ्कटग्रस्त हुनुपहिलेको अवस्थामा पुर्‍याएका छन्।

    विज्ञहरूका अनुसार श्रीलङ्काको अर्थतन्त्र अझै पनि कमजोर छ। यहाँको ४६ अर्ब विदेशी ऋणको भुक्तानीको समय सन् २०२२ पछि सरकारी प्रतिवद्धता अनुसार फेरी आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend