२०८३ भाद्र २८ गते आइतवार

images

विभिन्न कार्यक्रम गरी 'एनआरएन डे' मनाउन अपिल (पत्रसहित)

विभिन्न कार्यक्रम गरी 'एनआरएन डे' मनाउन अपिल (पत्रसहित)

सहर्ष न्युज
बिहिवार, आश्विन ३ २०८१
सहर्ष न्युज
बिहिवार, आश्विन ३ २०८१
  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विभिन्न कार्यक्रम गरी स्थापना दिवस (एनआरएन डे) मनाउन अपिल गरेको छ । अपिलमा एनआरएनए डे तीन साता मनाउन भनिएको छ ।

    राष्ट्रिय समन्वय परिषद् (एनसीसी) भएका देशहरुमा अक्टोबर महिनाको पहिलो सातादेखि तेस्रो सातासम्म एनआरएन डे भव्य रुपमा मनाउन बुधबार अपिल जारी गरिएको हो । अध्यक्ष बद्री केसी, गैर आवासीय नेपाली दिवस २०२४ का संयोजक तथा उपाध्यक्ष हेमराज शर्मा र महासचिव गौरीराज जोशीले जारी संयुक्त अपिलमा अन्तरक्रिया, परोपकारी काम, जनचेतनामूलक कार्यक्रम, कार्यशाला, पशुपति तथा स्वयंभूमा पूजा लगायतका गतिविधि गर्न आह्वान गरिएको छ ।

    संघले गैरआवासीय नेपालीहरूको समन्वय र एकता प्रवर्द्धन गर्ने विभिन्न कार्यशाला आयोजना गर्न राष्ट्रिय समितिहरूलाई अनुरोध गरेको छ । यस वर्ष ११ अक्टोबरका दिन नवरात्रि अन्तर्गत नवमी पर्व परेकाले सो दिन स्वयम्भूनाथ र पशुपतिनाथ मन्दिरमा पूजाआजाको कार्यक्रम तय गरिएको अपिलमा उल्लेख छ ।

    संघले एनआरएनए डे को अवसरमा आगामी २७ र २८ अक्टोबरमा काठमाडौंमा हुने विशेष कार्यक्रममा भौतिक रूपमा उपस्थित हुन संघका प्रतिनिधि तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिषदका पदाधिकारीहरूलाई आग्रहसमेत गरेको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend