२०८३ श्रावण १० गते आइतवार

images

संविधान दिवसको दिन दरबारमार्गमा ‘कन्सर्ट’ हुने

संविधान दिवसको दिन दरबारमार्गमा ‘कन्सर्ट’ हुने

सहर्ष न्युज
आइतवार, भाद्र ३० २०८१
सहर्ष न्युज
आइतवार, भाद्र ३० २०८१
  •  

    आइतबार पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी गराइएको हो।  संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजना हुने यो कन्सर्ट नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिवानलाई सम्झाउने अवसर भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।  

    कन्सर्टले देशको सांस्कृतिक सम्पदा, उपलब्धिहरू र राष्ट्रको प्रतिभालाई उजागर गर्ने विश्वास लिइएको छ।  राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई प्रवर्द्धन गर्न, युवा पुस्तामा एकताको भावना जगाउन र नागरिक संलग्नता बढाउन सहयोग पुर्‍याउने विश्वास समेत छ।  

    कार्यक्रमको उद्देश्य आम जनतामा देशभक्तिको गहिरो भावना जगाउने, आफ्नो राष्ट्र, भाषा र संस्कृतिप्रतिको माेह प्रेमलाई प्रोत्साहन गर्ने, संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य र स्मरणीय रूपमा मनाउने, राष्ट्रिय एकता, सांस्कृतिक सम्पदा र भाषिक विविधताको प्रवर्द्धन गर्ने, नेपाली राष्ट्रिय गीत सङ्गीतको प्रस्तुतिका साथ आम जनमानसमा राष्ट्रिय भावना सञ्चार गर्ने रहेको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश दाहाले बताउनुभयो। 

    खातीप्राप्त कलाकारद्वारा राष्ट्रिय भावनाले ओतप्रोत गीत सङ्गीतको प्रस्तुति रहने बताइएको छ।  राष्ट्रिय एकता, स्वाभिमान र राष्ट्र प्रेमका विषयवस्तुहरूलाई केन्द्रित गर्दै कुटुम्ब, इलिमेन्ट्स, अन्तरा: लगायतका ब्यान्डहरू र समूहहरूले पनि प्रस्तुति दिनेछन्।  

    नेशनल डे कन्सर्टलाई सफल बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकार, निजी क्षेत्र, सामुदायिक सङ्गठन, नागरिक समाज र सर्वसाधारणहरूको सहयोग र समन्वय आवश्यक रहेको नेशनल डे कन्सर्ट वृहत् नागरिक आयोजक समितिले जनाएको छ।   

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend