२०८३ भाद्र २८ गते आइतवार

images

दुई महिनादेखि ठप्प रहेको रेसुङ्गा विमानस्थलबाट नियमित उडान

दुई महिनादेखि ठप्प रहेको रेसुङ्गा विमानस्थलबाट नियमित उडान

सहर्ष न्युज
आइतवार, भाद्र ३० २०८१
सहर्ष न्युज
आइतवार, भाद्र ३० २०८१
  • काठमाडौं । करिब दुई महिनादेखि ठप्प रहेको रेसुङ्गा विमानस्थलबाट उडान नियमित भएको छ । रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाका अनुसार २८ गते शुक्रबार बिहान काठमाडौँबाट १३ जना र गुल्मी रेसुङ्गाबाट १५ जना यात्रु लिएर नेपाल एयरलाइन्सले उडान भरेको छ । 

    गत असार १४ गतेदेखि खराब मौसमका कारण रेसुङ्गा विमानस्थलबाट उडान हुन सकेको थिएन । भदौ ७ गते शुक्रबार पनि उडान हुन्छ भन्नेमा यात्रुहरूमा अन्योलता छाएका कारण गुल्मीबाट काठमाडौँका लागि यात्रु नभएको थापाको भनाइ छ । उक्त जहाजले काठमाडौँबाट भने १२ जना यात्रु लिएर रेसुङ्गा उडान भरेको थियो । मौसम सफा रहेमा प्रत्येक हप्ताको शुक्रबार नियमित उडान हुने थापाले बताउनुभयो । 

    पहिले हप्ताको एक दिन शुक्रबार मात्रै उडान भर्दै आएको जहाजले यात्रुको अत्यधिक चाप बढेपछि साप्ताहिक तीन उडानको अनुमति पाएको थियो ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend