काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटल परिसरमा रहेको ब्ल्याक आउट डान्सबारमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।
आज बिहान १०ः१५ बजे आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आगलागी नियन्त्रणमा आइसकेको छ ।
आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र दमकल खटिएको थियो । आगलागीको कारण र क्षतिको एकिन विवरण खुल्न सकेको छैन ।
