२०८३ भाद्र २८ गते आइतवार

images
  • पर्यटन
  • तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको...

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • काठमाडौँ । सन् २०२५ दुई लाख ९९ हजार आठ सय ३१ जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । 
    यो प्रसिद्ध पदयात्रास्थलको भ्रमण  दक्षिण एसियाली मुलुकका एक लाख ७७ हजार ६२८ र अन्य मुलुकका एक लाख २२ हजार २०३ ले गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख  रबीन कडरियाले बताए । सन् २०२४ मा दुई लाख ४४ हजार ४५ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए भने  सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएका थिए । 

    अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत स्थल आन्तरिक तथा बाह्य पर्यटकका प्रमुख गन्तव्य हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend