२०८३ श्रावण ११ गते सोमवार

images

आचार्य कृष्ण दमाईलाई सम्मान थाप्न भ्याइनभ्याइ

आचार्य कृष्ण दमाईलाई सम्मान थाप्न भ्याइनभ्याइ

सहर्ष न्युज
शुक्रवार, भाद्र १४ २०८१
सहर्ष न्युज
शुक्रवार, भाद्र १४ २०८१
  • काठमाडौं । आचार्य कृष्ण दमाईंलाई स्थानीय सरकारको सम्मान थाप्न भ्याइनभ्याइ हुने गरेको छ । सामाजिक विभेदसँग लड्दै संस्कृतमा आचार्य उत्तीर्ण उहाँलाई सुदूरपश्चिमका विभिन्न स्थानीय तहले सम्मान गरेका हुन् । 

    धनगढी उपमहानगरपालिकाले आचार्य दमाईंलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । नगरप्रमुख गोपाल हमालले आचार्य दमाईंलाई आवश्यकता अनुसारको रोजगारी दिने घोषणासमेत गर्नुभएको छ । त्यस्तै बुधबार कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले पनि नगदसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । उहाँलाई विभिन्न दलित संस्थाले पनि सम्मान गरेको छ । 

    आचार्य कृष्णलाई काठमाडौँ पशुपतिमा आयोजित १०८ श्रीमद्भागवत विश्व कल्याण ज्ञान महायज्ञमा सम्मान गरिएको थियो । पशुपतिमा प्रवचन दिएपछि आफूलाई सबैले चिन्ने अवसर पाएको र सुदूरपश्चिम फर्केपछि स्थानीय तहका जनप्रतिधि तथा दलित सम्बद्ध सङ्घ संस्थाबाट सम्मानको ओइरो लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दलितले संस्कृत पढेर के हुन्छ रु भन्थे । मलाई पनि लाग्थ्यो, संस्कृत पढेर वेद पुराण पढ्न त सकिएला तर जीवन धान्न सम्भव छैन तर आज सबैतिरबाट न्यानो सद्भाव पाउँदा खुसी लागेको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend